युएईले दियो नेपाललाई १७६ रनको लक्ष्य फलेछ

काठमाडौँ : आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको हो।

युएईका लागि महम्मद वासिमले सर्वाधिक ७० रन बनाए। यस्तै विर्त्या अरबिन्दले ४६, महम्मद उस्मानले १७ र जवार फरिदले ११ रन बनाए।

बलिङतर्फ नेपालका जितेन्द्र मुखिया र अविनाश बोहोराले तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिए। आजको खेलमा विजयी हुने टोली यसैवर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.