Agni Offset Press

काँग्रेस कैलाली सभापतिका उम्मेद्वार भट्टको सचिवालय उद्घाटनमा कोको भए सहभागि ?

Aarati simant

धनगढी : नेपाली काँग्रेस कैलालीको आगामी १५ गते हुने जिल्ला अधिवेशनका क्रममा नेतृत्वका लागि विभिन्न समिकरण बन्ने क्रम जारी छ । जिल्ला नेतृत्वका लागि अहिलेसम्म सात जना आकांक्षी देखिएका छन् । आकांक्षीहरुमध्ये केहीलेचि सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् । कैलालीमा संस्थापन पक्षबाट चार जना र संस्थापन बाहेकको पक्षबाट तीन जना आकांक्षी देखिएका छन् ।

अहिलेसम्म सभापति पदका लागि संस्थापन पक्षबाट जिल्ला उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट, खेम चौधरी र भीम बडुवालले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । संस्थापन बाहेकको पक्षबाट जिल्ला सचिव दीपकराज जोशी, पूर्व सचिव रामचरण चौधरी, र नेता रामबहादुर कलेल आकांक्षी रहेका छन् ।
यसैबीच, बुधबार सभापतिका आकांक्षी भट्टको चुनावी सचिवालय उद्घाटन भएको छ । एक समारोहबीच धनगढी उपमहानगरपालिका प्रमुख तथा केन्द्रीय सदस्य नृपबहादुर वडले सो सचिवालयको उद्घाटन गरे । यसअघिसम्म बमको पक्षमा देखिएका नगर प्रमुख तथा केन्द्रीय सदस्य वड अहिले भट्टको पक्षमा खुलेका छन् ।

सचिवालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्ट, केन्द्रीय सदस्य जीवन राना, प्रदेश सभा सदस्य टेकबहादुर रैका, पूर्व क्षेत्रीय सभापति हरिश खड्का, नगर सभापति यज्ञराज उपाध्याय लगायतको उपस्थिति रहेको थियोे ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.