राजपुरमा सुजुकी स्वरुम सञ्चालनमा आयो
अत्तरिया : धनगढीको राजपुरमा सुजुकी स्वरुम सञ्चालनमा आएको छ । धनगढीका लागि आधिकारिक विक्रेता प्राप्ती मोटो क्रपले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को राजपुरमा सुविधा सम्पन्न सुजुकी स्वरुम सञ्चालनमा ल्याएको हो ।
सो स्वरुमको बुधवार एक कार्यक्रमका बिच सिजी नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुणकुमार चौधरी र धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
ग्राहकहरूको मागलाई मध्यनजर गर्दै व्यवसायी पुष्पराज ओझाले स्वरुम सञ्चालनमा ल्याएको बताएका छन् । हुन् ।यसैबिच सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार सार्वजनिक गरिएको छ । थर्ड जेनेरेसनको मारुती सुजुकी स्वीफ्टको ‘भी एक्सआई, ‘जेड यक्स आई’, र जेड यक्स आई प्लस ’ गरी तीन भेरियण्ट बजारमा ल्याएको प्राप्ती मोटो क्रप धनगढीले जनाएको छ । जसको मूल्य २७ लाख ९९ हजार देखि ३१ लाख ९९ हजार सम्म रहेको छ । नयाँ स्वीफ्ट गाडी पहिलेको स्वीफ्ट भन्दा नयाँ च्यासिस सहितको नयाँ डिजाइनमा उपलब्ध छ र यसको लुक्स पनि आकर्षक रहेको जनाएको छ ।
पाँचौँ पुस्ताको हियरटेक्ट प्लेटफर्ममा निर्माण गरिएको नयाँ स्वीफ्टमा सुरक्षाका लागि सबै भेरियन्टमा एयर ब्याग र एबीएस स्टेन्डर्ड फिचरको रूपमा उपलब्ध छन् । यसमा पेडेस्ट्रीयन प्रोटेक्सन सिस्टम छ र यो सेग्मेन्टको कारमा यस प्रकारको प्रणाली भएको स्वीफ्ट एक मात्र कार रहेको कम्पनीको दावी छ ।
पहिलेको भन्दा चौडाइ र ह्वील बेस बढाइएको छ भने क्याविनमा पनि बढी स्पेस छ । नयाँ स्वीफ्टले बजारमा निकै राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको प्राप्ती मोटो क्रपले धनगढीले जनाएको छ ।