Agni Offset Press

संसद् भवनको सुरक्षामा कडाइ, लगाइयो काँडेतार

Aarati simant

काठमाडौँ : एमसीसी संसद‍्मा पेस भएपछि बढेको प्रदर्शनलाई मध्यनजर गर्दै संसद् भवनको सुरक्षा थप बलियो बनाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको समयमा संसद् भवन क्षेत्रलाई केन्द्रित गरी प्रदर्शन हुन सक्ने भन्दै सुरक्षा थप बलियो बनाइएको हो ।

प्रहरीले संसद् भवनको बाहिरी घेरामा रहेको पर्खालमा काँडेतार लगाएको हो । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको जनाइएको छ । एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो ।

एमसीसी प्रस्ताव टेबुल हुनु एक हप्ताअघिदेखि नयाँ बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठन आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आजबाट आन्दोलन अझै चर्काउने घोषणा गरेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारेको बताएका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.