Agni Offset Press

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग गर्ने कुरा स्वीकार्य हुँदैन : अध्यक्ष नेपाल

Aarati simant

अत्तरिया : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग स्वीकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शुक्रबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश हुन नसक्ने बताए।

‘छिमेकी देशको सुरक्षामा प्रतिकुल असर पर्ने काम नेपालको भूमिबाट हुने कुरा हामीलाई मन्जुर छैन। हामी त्यस्तो हुन दिदैनौं,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘हामी कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश हुन सक्दैनौँ। इण्डोप्यासिफिक रणनीतिको अंग हुन सक्दैनौँ।’ एमसिसी सैन्य गठबन्धनको अंग हो भन्ने कुराहरु आइरहेको उल्लेख गर्दै उनले यसबारे ‘क्लियर’ नभसम्म एमसिसी स्वीकार गर्न नसकिने बताए।

‘अनुदानको नाममा नेपाल विदेशीको बन्दकी हुन सक्दैन । यस अर्थमा विसुद्ध आर्थिक सहयोगसँग जोडिनुपर्छ । एमसीसीबारे प्रश्नहरु उठेका छन्, ती प्रावधान सच्याउनु पर्दछ ।’ उनले भने, ‘एमसीसीमा परियोजनाको जग्गाको स्वामीत्व नेपालकै हुनुपर्छ। रोजगारी नेपालीले पाउनु पर्छ । बौद्धिक सम्पत्तिमाथिको अधिकार हुनुपर्छ।’ अरुको कानुन नेपालको संविधानमाथि हुने कुरा पनि स्वीकार गर्न नसकिने नेपालले बताए। उनले यो परियोजना विशुद्ध आर्थिक सहायतामा केन्द्रीत हुनुपर्ने बताए।

अमेरिकी अधिकारीहरुको अभिव्यक्तिले पनि एमसीसीबारे शंका पैदा गरेको उनले बताए। केपी ओली प्रधानमन्त्री हुँदा र नेकपा हुँदा नै एमसीसीबारे बनेको कार्यदलले उठाएका विषय अझै प्रष्ट नभएको उनले बताए। नेकपा ९एमाले०ले प्रतिशोधको राजनीतिका लागि देशको हितलाई कुठाराघात गर्न र विदेशीको सामु लम्पसार पर्न खोजेको नेपालले आरोप लगाए।

अध्यक्ष नेपालले गठबन्धन रहने–नरहने कांग्रेसले सोच्ने विषय भएको बताए। तर एमसीसी पास भए पनि नभए पनि गठबन्धन कायम राख्ने कुरा विगतमा भएको दाबी गर्दै उनले एमालेसँग गठबन्धन नहुने प्रष्ट पारे।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.