बझाङमा समयमै निर्माण सम्पन्न गर्ने व्यावसायीलाई सम्मान

जगदिश रोकाया
बझाङ : बझाङमा समयमै विकास निर्माण कार्य सम्पन्न गर्ने व्यवसायीलाई सम्मनित गरेको छ । जिल्लामा विभिन्न योजनाहरुको ठेक्का लिने तर, समयमै सम्पन्न गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
विकोइ विल्डर्स सुुर्मा सरोबर जेभीका संचालक दलबहादुर विष्ट खप्तड छान्ना गाँउपालिका पालिकाको भवन सम्झौता भन्दा अगाडि नै निर्माण गरि हस्तान्तण गरेपछि पुरस्कृत भएका छन् ।
गाँउपालिकाले बुुधबार भवन हस्तान्तण र कार्यालय उद्घाटन समारोहको आयोजना गरि ठेकदार दलबहादुर विष्टको कामको प्रशंसा गदैँ सम्मान गरेको छ । पालिकाको भवन निर्माणका लागी ३६ महिनाको समय सिमा भएपनि ठेकदार विष्टले १८ महिनामै भवन निर्माण गरेका हुन् ।
८ करोडको ठेक्का भएको भवनको ठेकदार विष्टले ५ करोड ३९ लाख ५४ हजारमा घटेर ठेक्का लिएको भएपनि डिजाइन इष्टमेट अनुसार काम पुुरागरि समय भन्दा अगाडि नै सम्पन्न गरेकोे गाँउपालिका अध्यक्ष वर्क रोकायाले बताए । ‘हामीले सोचे भन्दा पनि ठेकदारले राम्रो काम गरेको छ’ उनले भने । ठेकेदार विस्टले यस अघि सम्पन्न गरेका योजनाहरु पनि समयमै सम्पन्न गरेका छन् ।
सम्झौता अगाडिनै जिम्मा लिएको काम सम्पन्न गर्ने निर्माण व्यावसायिलाई नियमा अनुसार ठेकदारलाइ पुुरस्कार÷प्रोत्साहन रकम दिने प्रावधान भएकाले ठेकदार दलबहादुर विष्ट काम जोड दिने गरेको स्थानीयहरुको भनाई छ ।
यस अघि जिल्लामा निर्माण भएका जिल्ला हुलाक कार्यालय, मालपोत तथा नापी कार्यालय, कारागार शाखा, मटेला, धमेना स्वास्थ्य चौकीका कार्यालय भवन निर्माण गर्दा समेत उनले सम्वन्धित ठेक्का दिने निकाय बाट पुरस्कृत भएका थिए ।
छोराछोरी अमेरीका बस्दै आएका बिष्टका धनगढी काठमाण्डौँ घर सहित बझाङ चैनपुरमा पनि होटल पनि संचालन गरेका छन । आफुुलाइ पैसाको कुनै लोभ नभएको उनको दावी छ । आफुले आम्दानी गदैँ आएको रकम समेतलाइ सामाजिक हितमा लगाउने उनी बताउँछन् ।
नेपाली काँग्रेसबाट जयपृथ्वी नगरपालिका–१० का वडा अध्यक्ष समेत रहेका विष्टले आफ्नो कार्यकालको वडा अध्यक्ष पदबाट पाउने सवै सेवा सुुविधा सत्यवादी माविलाई दिने घोषणा गरेका छन । उनले असाय गरिबहरुलाइ चाड पर्वमा खाद्यन्न नगद पैसा समेत सहयोग गर्दै आएका छन् । कामप्रति इमान्दार र अडान नेतृत्व गर्ने शैलीका विष्ट काँग्रेसको सक्रिय राजनितिमा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.