विद्या भूषण एलपीएलको फाइनलमा
धनगढी, १३ फागुन : डिफेन्डिङ च्याम्पियन हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौँलाई पराजित गर्दै विद्या भूषण पब्लिक स्कुल गेटा धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विद्या भूषणले ह्वाइट हाउस माथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष प्रस्तुत गरेको थियो । १ सय ७५ रनको विजयी लक्ष पछ्याएको विद्या भूषणले १० बल बाकी छँदै ४ विकेट गुमाएर लक्ष भेट्टायो । विद्या भूषणलाई फाइनलमा पु¥याउन कप्तान शेर मल्ल र वीरेन्द्र नाथले ९६ रनको उत्कृष्ट अविजित साझेदारी गरे । नाथले ४१ बलमा ३ चौका र ७ छक्काको मद्दतले ७३ र मल्लले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले ५७ रनको विस्फोटक पारी खेले । ११.२ ओभरमा ७९ रन बनाएर ४ विकेट गुमाएको विद्या भूषणका कप्तान मल्लले १७ औँ ओभरमा २७ रन प्रहार गर्दै टिमलाई रोमाञ्चक जित दिएका हुन् । १७ औँ ओभरमा विद्या भूषणको पोल्टामा २९ रन आयो । उसका प्रदीप चन्दे १७ रन बनाए ।
बलिङ तर्फ हिमालयनका दीपक बोहरा(जुनियर) ले २ र सन्दीप शाहीले १ विकेट लिए । यस अघि हिमालयनका लागि लक्की कडायतले ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ४७ रन बनाए । दीपक बोहरा (जुनियर) र राहुल भण्डारीले टिमलाई समान २५\२५ रनको योगदान दिए । उसका दीपक बोहरा९सिनियर० ले २३ रन बनाउँदा नारायण जोशीले १७ र रजत तिमिल्सिनाले १५ रन बनाए ।
बलिङ तर्फ विद्या भूषणका कप्तान शेर मल्ल, वीरेन्द्र नाथ र प्रदीप चन्दे समान २÷२ तथा अर्जुन साउद र नरेन साउदे १\१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच शेर मल्ल घोषित भए । सत्यवती र शारदा सरस्वतीका बीच हुने भनिएको दोश्रो सेमिफाइनल खेल बर्षाका कारण अवरुद्ध भएको छ ।