काँग्रेस कैलालीको अधिवेशनः रातारात मतदान स्थल सारिएको प्रति आपत्ति

अत्तरिया : नेपाली काँग्रेस कैलालीको मतदान स्थल सारिएको छ। काँग्रेस जिल्ला कार्य समितिले ओम प्यालेसमा मतदान स्थल बनाउने निर्णय गरेको थियो। तर निर्वाचन समितिले कर्भड हलमा सारेको छ।

प्रदेश महामन्त्री नरनारायण फेसबुकमा लेखेका छन्, निर्वाचन समितिले दवावमा मतदान स्थल सारेको हो। विगतमा पनि ओम प्यालेसमै मतदान हुने गरेको थियो।

शाह सभापतिका उम्मेदवार प्रकाश वमको पक्षमा लागेपछि सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टको पक्षले मतदान स्थल सार्न दवाव दिएको काँग्रेस स्रोतले जनाएको छ। यस्तै जिल्ला सचिव पुर्ण कुवरले मतदानस्थल सारिएको भन्दै आपत्ति जनाएका छन्। आज विहान ८ बजे मतदान हुने तयारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.