Agni Offset Press

काँग्रेस कैलालीको नेतृत्वका लागि दोस्रो चरणको मतदान १९ गते

Aarati simant

अत्तरिया : नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान १९ गते हुने भएको छ। जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत कसको नपुगेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले मंगलबार विहान सभापतिका दुई उम्मेदवार र निर्वाचन समितिबीच छलफल भएको र १९ गतेका लागि दोस्रो चरणको मतदान तय भएको जानकारी दिए। मतदान पहिलो चरणको निर्वाचन भएको कर्भडलमै हुने भएको छ ।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए।

पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि प्रतिस्पर्धा हुने भएको हो। दोस्रो चरणका मतदान हुने भएसंगै अब पहिलो चरणको मतगणनामा तेस्रो भएका इतर पक्षका रामबहादुर कलेलको भूमीका महत्वपूर्ण देखिएको छ। प्रकाश बमको जित हुने कार्यकार्तहरुमा चर्चा रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.