Agni Offset Press

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा खचाखच भरिए दर्शक

भोली गायक प्रकाश सपुत र सुरेश चोखालको प्रस्तुति रहने

Aarati simant

अत्तरिया : अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा दर्शकले मंगलबार खचाखच भरिए । मंगलबार हिन्दुहरुको पर्व महाशिवरात्रि परेको भएर पनि होला अन्य दिनको तुलनामा दर्शकको उल्लेख्य सहभागिता थियो ।
अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले महोत्सवमा १० हजार बढी दर्शकले अवलोकन गरेको जानकारी दिए । ‘महोत्सव स्थलमा मानिसहरुको आउने जाने क्रम दिनभरी जारी रह्यो’ उनले भने ‘तर, पनि महोत्सवस्थलमा दर्शक भरिएका थिए ।’
मंगलबार गायक चक्र बमले दर्शकलाई भरपुर मनोरन्जन दिए । आफ्ना बुवा आमासंगै मञ्चमा आएका बमले आफ्ना चर्चित आधा दर्जन भन्दा बढि गीत गाएर दर्शकहरुलाई थप मनोरञ्जन दिएका थिए ।
गोदावरी नगरपालिका अत्तरिया गायक बमको गृहनगर भएकाले पनि होला उनी मन्चमा हौसिएका थिए । संगितमा लागेर घर परिवारलाई समय दिन नसकेको भन्दै मन्चमा रहेका बुवा आमालाई देखेर उनी भाबुक पनि बनेका थिए । उनले ‘वैगांजल’ ‘चुइगम पड्काउन्या’ ‘नाच भुन्टी नाच’, ‘हाइ कली’ ,’भन साली तेरी दि कां छ’ लगायतका गीतहरु गायक थिए ।
सांगीतिक क्षेत्रमा उनी झन्डै दशकदेखि सक्रिय छन् । छोटो अवधिमा उनले सांगीतिक दुनियाँमा आफ्नो चिनारी दिइसकेका छन् । बमले देउडा गीतलाई लोक ‘फ्युजन’ बनाएर पनि धेरै गीतहरु पस्किएका छन् ।
फागुन १३ गते देखि महोत्सव सुरु भएको हो । महोत्सवमा बालगायक सुप्रिम मल्ल ठकुरीसंगै अन्य स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए । महोत्सवमा भोलि (बुधबार) चर्चित गायक प्रकाश सपुत, लोकपप गायक सुरेश चोखाल र गायीक सपना शाहीले आफ्नो प्रस्तुती राख्ने आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।अत्तरिया जारी महोत्सव फागुन २५ गते सम्म संचालन हुने छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.