Agni Offset Press

ओलीलाई भीम रावलको चुनौती : सक्नुहुन्छ भने ‘महाहिरो’ बनेर देखाउनुस्

Aarati simant

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन् । हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन् । रावलले निरन्तर एमसीसीको विरोध गरिरहेका छन् ।

राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ’, रावलले भनेका छन्, ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.