काँग्रेस कैलालीको निर्वाचन : भट्टले अग्रता बढाए
अत्तरिया : नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान सकिएर मतगणना जारी छ। पहिलो चरणमा जिल्ला सभापतिमा प्रकाशबहादुर बमले सबैभन्दा बढी मत ल्याएका थिए भने दोस्रो चरणमा नारायणदत्त भट्टले अग्रता लिएका छन्।
५ ठाउँमा गणना भइरहेको पाँच वटै ठाउँमा भट्टको अग्रता छ। दुइृ वटा निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा भट्टलाई २१४ मतको अग्रता छ। निर्वाचन क्षेत्र नम्बर १ बाट भट्टले २७८ मत पाउँदा बमले १८२, क्षेत्र नम्बर २ बाट भट्टले २८१ मत पाउँदा बमले १६३ मत पाएका छन्। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो।