Agni Offset Press

कांग्रेसका पुर्व वडासभापति पाठकले गरे पार्टी परित्यागको घोषणा

Aarati simant

अत्तरिया :  कैलाली एक नेताले नेपाली काँग्रेस परित्याग गरेको छ । कांग्रेसका पुर्व वडासभापति राजेश पाठकले पार्टी परित्यागको घोषणा गरेका हुन । २०५४ सालमा तत्कालिन श्रीपुर गाविस वडा नं. १ का वडासभापति रहेका पाठकले बिहिबार सामाजिक सञ्जाल मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन ।

कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाको गुटबन्दी र कांग्रेस नेतृ आरजु राणाको ज्यादतीका कारण आफुले पार्टी परित्यागको घोषणा गरेको उनले बताए ।
काँग्रेसको कैलाली जिल्ला अधिवेशनमा सभापतिको चयनका लागी भएको दोस्रो चरणको चुनावमा केन्द्रिय सभापति देउवाले खेलेको गुटगत राजनिति र नेतृ राणाको हस्तक्षेपले आफुलाई कांग्रेस परित्याग गर्न बाध्य बनाएको उनले बताए ।

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता र २०५३ सालदेखी कांग्रेसको क्रियाशिल सदस्यता लिई कांग्रेसमा आजिवन रहेपनि पछिल्लो समय कांग्रेसमा हुन थालेको गुटगत राजनितिले आफुजस्ता युवाहरुको मन खिन्न बनाएको उनले बताए । पाठक कांग्रेसको १४औ महाधिवेशन अन्र्तगत भएको निर्वाचनमा गोदावरी नगरपालिका वडा नं. ६ बाट क्षेत्रिय प्रतिनिधिमा पराजित भएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.