नाष्टका ४९ विद्यार्थीलाई दीक्षान्त प्रमाणपत्र
धनगढी, २० फागुन : धनगढीमा रहेको नास्ट कलेजले प्राविधिक शिक्षा अन्तरगत स्नातक तह उत्तिर्ण गरेका ४९ जना विद्यार्थीलाई दीक्षान्त उपाधी प्रदान गरिएको छ ।
पोखरा विश्व विद्यालयको सत्रौं दीक्षान्त समारोहमा कोभिडका कारण सहभागि हुन नसकेका बीबीए, बीइ र बीसीय संकायका ४९ जना विद्यार्थीलाई दीक्षान्त उपाधी प्रदान दिएको हो ।
पोखरा विश्व विद्यालयको संम्बन्धन प्राप्त शैक्षिक संस्था नाष्टले पोखरा विश्व विद्यालयको १७ दीक्षान्त समारोहमा कोभिड–१९ का कारण विद्यार्थीलाई पठाउन नसकेपछि विश्वविद्यालय ऐनमा व्यवस्था भएको अधिका प्रयोग गरी दिक्षित विद्यार्थीलाई उपाधी प्रदान गरेको हो ।
दीक्षित विद्यार्थीलाइ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पोखरा विश्वविद्यालयका सभासद प्राध्यापक डाक्टर अम्मराज जोशीले सपथ ग्रहण गराउँदै उपाधी वितरण गरेका हुन् ।
कार्यक्रममा व्यवस्थापन संकाय अन्तरगत बीबीए तर्फका ६ जना, विज्ञान तथा प्रबिधी संकाय अन्तरगत बीई कम्प्यूटर तर्फका १३ जना, विज्ञान तथा प्रविधी संकाय अनतरगत बीसीए तर्फका ६ जना र विज्ञान तथा प्रबिधी संकाय अन्तरगत बीई सिभिल तर्फका २४ जना विद्यार्थीलाई दीक्षान्त उपाधी प्रदान गरिएको छ ।
पोखरा विश्वविद्यालय संग सम्बन्धन प्राप्त नाष्ट कलेजले हाल सम्म बीबीए संकायका २ सय ९५, बीई कम्प्यूटर संकायका १ सय ७० जना, बीसीए संकायका १ सय ६२ जना र बीई सिभिल संकायका १ सय ६१ जनालाई दिक्षित गरेको छ । दिक्षित मध्य बीबीएमा १४ विद्यार्थी, बीई कम्प्यूटरमा ९ विद्यार्थी, बीसीएमा १२ जना विद्यार्थी तथा बीई सिभिलमा ८ जना विद्यार्थी डिन लिस्टमा परेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पोखरा विश्वविद्यालयका सभासद प्राध्यापक डाक्टर अम्मराज जोशीले वर्तमान युग विज्ञान र प्रबिधि मैत्री भएको प्रविधीमा सवैले जानकार हुनु आवशयक रहेको बताए ।
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह अन्तरगत शुक्रबार नाष्ट कलेजमा आयोजित दीक्षान्त समारोहमा बोल्नै उपकुलपति जोशीले प्रबिधी सम्बन्धी दक्षता हाँशील गरेका विद्यार्थीलाई रोजगारीमा सहज हुने बताए । आफुले शिक्षा आर्जन गर्न निकै कठिनाई भोगेको उदाहरण दिंदै प्राध्यापक डाक्टर जोशीले अहिले शिक्षा आर्जन गर्न सजिलो रहेका बताए । सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक यज्ञराज पाठकले विद्यार्थीलाई आगामी दिनमा इमान्दार बन्न आग्रह गरे । दीक्षान्त उपाधी पाउन अघि विद्यार्थीले खाएको सपथलाई कहिल्यै नबिर्सन उनले आग्रह गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले उपाधी पछि विद्यार्थीको वास्तविक जीवनको सुरुवात भएको भन्दै आफ्नो जीवनलाई सफल बनाउन शुभकामना दिए । शिक्षाका राष्ट्रिय उद्देश्य अनुसार काम गर्दै देश प्रति जिम्मेवार बन्न उनले आग्रह गरे । कार्यक्रममा एश्वर्य बहुमुखी क्याम्पसका प्राचार्य धर्मदेशव भट्ट, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्ष विश्व अधिकारी, कैलाली उद्योग बाणिज्य संघका सचिव शिद्धराज पनेरु, जयमालिका कलेजका सञ्चालक तथा लायन्स क्लब अफ इनटरनेशनल ३२५ एन को डिष्ट्रिक्ट गभर्नर सीवि चन्द लगायतको उपस्थिती रहेको थियो ।
नाष्ट कलेजका प्राध्यापक उपेन्द्र बमले सञ्चालन गरेको कार्यक्रममा नाष्ट कलेजका प्राचार्य डाक्टर प्रेमबहादुर चन्दले स्वागत मन्तव्य व्यक्त गरेका हुन् ।