प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा : ओली
धनगढी : सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
ओलीको अध्यक्षतमा ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा लिली कुवर र हरिश चन्द, महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र सिंह कार्की र रामचन्द्र कुस्मि, कोषाध्यक्ष चन्द्र थापा सर्वसम्मत चयन भएका छन् ।
बिज्ञापन
त्यस्तै सदस्यमा शिभ ओली, दिर्घ खत्री, गाणेश जोशी सहीत ५१ सदस्यीय प्रदेश कमिटी गठन गरिएको प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । यो अधिवेशनबाट प्रेस चौतारी सुदूरपश्चिम कमिटीले पूर्णता पाएको छ । यस अघि संयोजन र सहसंयोजन मात्रै रहेको कमिटीले अहिले पूर्णता पाएको हो ।