Agni Offset Press

विद्यालयबाट घर फर्कने क्रममा ट्रकको ठक्करबाट किशोरीको मृत्यु

Aarati simant

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसमा ट्रकले ठक्कर दिएको हो। ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.