
नवजीवन सहकारी संस्था : कठायत र बमको प्यानल भिड्दैँ

अत्तरिया : नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्वको लागि रतन कठायत र देवबहादुर बम प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कठायत र बम सहकारीको नयाँ नेतृत्वका लागि प्यानलसहित प्रतिस्पर्धा उत्रेका हुन् ।
रतन बहादुर कठायतको प्यानलमा उपाध्यक्षमा चेतराज ओझा रहेका छन् । यस्तै सदस्यहरूमा उत्तम जोशी,उपेन्द्र विष्ट,केशव राज मिश्र,कृष्ण बहादुर चौधरी गणेश बम गोपाल चौधरी जय राज जोशी,पुर्ण राज जोशी, भीम बहादुर बलाएर राधिका कुमारी चौधरी रोम स्वाँर रहेका छन् । भने लेखा सुपरीवेक्षण समिति संयोजकमा चेतराज जोशी , लेखा सुपरीवेक्षण समिति सदस्य पदमा लक्ष्मीराज पन्त र सीता बिक उम्मेदवार बनेका छन् ।
यस्तै देवबहादुर बमको प्यानलमा उपाध्यक्षमा भरत राज जोशी रहेका छन् । सदस्यहरूमा इन्दिरा जैशी, गोपालराज पाठक,गोमा अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, डा. महेशराज विष्ट रहेका छन् ।
अन्य सदस्यमा माधव चौधरी, रबी कुँवर, विश्वनाथ ओझा, शिवकुमार फुलारा रहेका छन् । लेखा समितिमा मदनराज ओझा, गणेशप्रसाद उपाध्याय र सरस्वती कोली उम्मेदवार बनेका छन् । दुबै समुहले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । नयाँ कार्यसमिति चयनका लागी फागुन २८ गते निर्वाचन हुँदैछ । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेको संस्थामा हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।
