धनगढीमा विद्यालय स्तरीय क्रिक्रेट प्रतियोगिता हुँदै, यी विद्यालयको सहभागिता हुने
अग्नी संवाददात
धनगढी, २४ फागुन : धनगढीमा विद्यालय स्तरी क्रिक्रेट प्रतियागिता हुने भएको छ । प्याब्सन धनगढी नगरको आयोजनामा हुने प्रतियोगिता यहि फागुन २७ गते बाट हुने भएको हो । प्रतियोगिताको नाम ‘मेयर धनगढी प्याब्सन कप क्रिकेट प्रतियोगिता’ राखिएको छ । धनगढी संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।
विद्यालयस्तरबाटै क्रिक्रेट खेलाडीको प्रतिभा उजागर गर्नका लागि धनगढी उपमहानगरपालिका भित्रका नीजि तथा सामुदायिक स्कूलका टिमहरु बीच आयोजना हुने छ । प्रतियोगिताको संयोजक कलेन्द्र शाहीका अनुसार नगरका नीजि र सामुदायिक विद्यालय गरी २० वटा स्कुलहरुको सहभागिता रहने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, समाजमा लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता हुने छ । धनगढी उपमहानगरपालिकाको प्रबद्र्धनमा हुने प्रतियोगितालाई विद्यालययस्तरीय उत्कृष्ट स्थापित गर्ने उदेश्य रहेको छ । प्रतियोगिता टि–ट्वान्टिको फरम्याटमा खेलाईने छ । प्रतियोगितामा प्रथम हुनेलाई ट्रफि मेडल र प्रमाणपत्र सहित एक लाख १ हजार एक सय ११ रुपैयाँ, द्वितीय हुनेलाई ट्रफि मेडल र प्रमाणपत्र सहित ५१ हजार १ सय ११ रुपैयाँ, उत्कृष्ट खेलाडीलाई ट्रफि मेडल र प्रमाणपत्र सहित १० हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर, उदयमान खेलाडी लाई ५÷५ हजार, प्रत्यक खेलको म्यान अफ द म्याच एक हजार पुरस्कार रहेको छ । प्रतियोगितामा भाग लिने विद्यार्थीहरु कक्षा १० भन्दा माथिको भए मान्ने नहुने बताएको छ ।
प्रतियोगितामा धनगढीका एररिष्टो इङ्लिस बोर्डिङ हाई स्कूल, सारदा विद्या निकेतन, ग्यालेक्सी हाई स्कूल, त्रिनगर माध्यामिक विद्यालय, ओक्सफोड युनिभरसल रिडेक्स हाईस्कूल, धनगढी मोडेल टेक्नीकलस्कूल, ग्लिी एकेडेमी स्कूल, लिट्ल फ्लावर बोर्डिङ स्कूल, द–गार्डनर इङ्लिस बोडिङ हाईस्कूल, सारदा माध्यामिक स्कूल सहभागि रहेका छन् ।
यस्तैगरी कैलाली मोडेल एकेडेमी स्कूल, एश्वर्य विद्या निकेटन, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बार्डिङ स्कूल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कूल, स्टोपिङग स्टोन स्कूल, थ्रि स्टार बोर्डिङ स्कूल, ब्राइट वे पब्लिक स्कूल र पञ्चोदय माध्यामिक विद्यालय धनगढी रहेका छन् ।
मंगलबार धनगढीमा भएको पत्रकार सम्मेलमा प्याब्सन सुदूरपश्चिमका अध्यक्ष ललित पन्त, धनगढीका नगर अध्यक्ष नरेन्द्रबहादुर सिंह लगायत विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । नगर सचिव लोकराव पन्तले सञ्चालन गरेको पत्रकार सम्मेलन प्याब्सन नगर उपाध्यक्ष धुब्रबहादुर सिंहले स्वागत गरेका हुन् ।