सडकका कुकुर स्याहार्ने धनगढीकी रीतिका
अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर की रीतिका गुरुङ सडकमा रहेका कुकुरलाई स्याहार्छिन् । सानैदेखि कुकुरलाई माया गर्नेरीतिका हरेक दिन केहि घण्टा कुकुरका लागि सुम्पिन्छन् । घरमा पालेको कुकुरको माया गर्नेहरु त धेरै छन् । तर उनलाई घरका भन्दा बेघर अर्थात सडकका कुकुरको मायाले डो¥याउँछ । उनलाई सडकमा घाईते अर्थात बिरामी कुकुर देख्नुनै हुँदैन् । देख्योकी त्यो कुकुरलाई समातेर उपचार गरिहाल्छन् । ‘सडकमा घाईते अताए बिरामी कुकुर भेटिएमा त्यसलाई उपचार गरेर मात्र अन्य काममा लाग्छु’, उनले भनिन् । ‘सकेसम्म आफै उपचार गर्छ । नसके भेटनरीमा पुगाएर पनि उपचार गरेको छु ।’
उनी धनगढी उपमहागरको फूलबारी देखि गोदारी नगरपालिकाको अत्तरिया सम्मका बिरामी कुकुरलाई स्याहार्न पुग्छन् । उमेरले २१ बर्षकी रितिका कुकुरसंग बढी रमाउन्छिन् । उनको बुबा र आमाले धनगढी शहिद गेट नजिकै होटल व्यवसाय गर्छन् । कुकुरलाई होटलपछाडी बस्ने बनाएकी छन् । भने घरमा समेत बस्ने बनाएका हुन् । ‘हाम्रो बोलि बुझ्न नसक्ने कुकुर कहिले काहि छिमेकीको घरमा समेत पुग्छन्’, रितिका भन्छन् । ‘त्यति वेला मैले गालि खानुपर्छ ।’ सडकमा आफ्नो आँखाले भन्दा पनि अरुकसैले बिरामी कुकुर छ भन्ने खवर गरे पनि उनी चाडै नै त्यहाँ पुगिहाल्नछन् ।
‘यिनीहरुको पेट भरेर दिन सुरु गर्दा आनन्द लाग्छ । पर्खेर बसेका हुन्छन् । बोल्न पो सक्दैनन्, तर यिनीहरुले खाने कुरा माग्छन् । दिन पाउँदा खुशी लाग्छ’ उनले भनिन् । ‘खानका लागि आफ्नो व्यक्तिगत तथा कहिले काहि सहयोगिदाताहरु समेत जुट्ने गर्छन् ।’ उनले आफ्ना गतिविधिहरु सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्छन् । त्यो देखेरनै सहयोगी दाताहरु जुट्छन् । ‘स्ट्रिट पव्ज’ नामक फेसबुक पेज बनाएकी छन् । आफ्नो काम देखिर धेरै प्रभावित हुने गरेको उनले बताईन् ।
‘धनगढी शहरमा घना बस्ती भईसक्यो । सडकमा सवारी साधनहरु पनि त्यतिकै हुन्छन्’, उनले भनिन् । ‘सडकमा कति कुकुर ठोकीएर मरेका हुन्छन् । त, वास्ता कसैले गरेका हुँदैनन् । त्यति वेला दुख लाग्छ ।’ सडकका कुकुरहरु पनि राम्रो स्याहार पाए सुन्दर हुने गरेको उनले बताईन् । ‘राम्रो संग पालन पोशण गरेमा सडकका कुकुरहरु पनि सुन्दर हुन्छन्’, उनी भन्छन् । ‘सहि ढंगले पालन पोषण गर्नुप¥यो । मैले नै सडकका कुकुर पालेर धेरैले लगेका छन् ।’
सडकका कुकुरप्रति अरुले गर्ने व्यवहारले भने रितिकाको मन कुँड्याउँछ । गाडी चलाउनेहरुले बेवास्ता गर्छन्, मर्कामा निर्दोष कुकुर पर्छन् । घरमा कुकुर पालेकैहरुले पनि सडकका कुकुरलाई लखेट्छन्, छिछिदुरदुर गर्छन् । उनलाई भने यस्तो देख्दा अति नमिठो लाग्छ । कुकुरको सर–सपाईमा पनि त्यतिकै ध्यान दिन्छन् ।
‘धेरैले बाहिरको कुकुर हो, पिट्नु पर्छ, लखेट्नु पर्छ भन्ने ठान्छन् । तर यस्तो होइन, यिनीहरु बोल्न पो सक्दैनन्, बुझ्न त सबै बुझ्छन् नि । यिनीहरुले पनि सोच्छन् । माया गरे यिनले पनि माया नै दिन्छन् ।’ रितिकाले भने, ‘यिनीहरुले हामीले दिए न खाने हुन् । थोरै खान दिए यिनले ठूलो गुन मान्छन् ।’
सुरुमा सडकबाट घाईते अवस्थामा ल्याएका कुकुरहरु मान्छे देख्दा धेरै नै डराउने गर्छन् । तर, विस्तारै स्याहार्दै जादा नजिक आउन्छ । उनी भन्छन्, ‘सडक कुकुरले पिसाब त गर्छन्, तर जहाँ पायो त्यहिँ दिसा गर्दैनन् । बाटोमा फोहोर गर्ने त घरपालुवा कुकुरले हो । सडकका कुकुरलाई माया र सके थोरै खाना दिए पुग्छ । अरु केही पर्दैन । यिनीहरुसँग डराउनु, भाग्नु वा तर्सनु पर्ने हुँदै होइन ।’
उनले एक बर्षमा २ सय ९३ व्यसहारा कुकुरहरूको उद्धार गरी पालन पोसण गरेकी हुन् । आफ्नो उदेश्य स्वच्छ सफा धनगढी बनाउने कार्यमा सहयोग पुगोस् भन्ने ध्ययले पनि यस्तो कार्यमा लागेको उनले बताईन् । एक वर्ष देखि सडकमा रहेका कुकुरका बेवारिसे बच्चालाई एक\दुई गर्दा गर्दै घरमा लिएर राख्दै आएको र अहिले धेरै हुने गरेको रितिका गुरुङले बताईन् । अहिले ३५ वटा आफुसंग कुकुर रहेको उनले बताईन् ।
कतिपय गाडिले किचेर, भिजेर, खाना नपाएका कुकुरका बच्चालाई आफ्नोमा लिने, खाना दिने भ्याक्सिनको जोहो गर्दा सुरुमा गाह्रो हुने गरेको र अहिले विभिन्न व्यक्तिहरूको सहयोग पाउँदा सहज भएको रितिकाको भनाई रहेको छ । एक\एक गरेर ल्याउँदा पनि लगभग २ सय ९३ पुगेका थिए । ती मध्ये १ सय ७२ पाल्नको लागी लिनेहरूले लिए उनले बर्ताइन् । धेरैको कुकुर मरेको समेत उनको भनाई छ ।
त्यस्तै, कुकुर भनेपछि मान्छेको भन्दा पनि बढी माया लाग्ने रीतिकाकी आमा जानुका गुरुङको भनाई छ । उनले चोटपटक लागेका र खाना नपाएका कुकुरलाई खाना खुवाउने, औषधि गर्ने गरेको बताइन । आफूले सक्ने जति सर–सफाइ गर्दा पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहने गरेको भए पनि कुकुरप्रति गर्ने मायामा कमी नआउने जानुकाको भनाई छ । जसले कुकुरको बच्चालाई आफ्नो जस्तै माया गछर्न उनीहरूबाट सहयोग पाउँदा खुसी लाग्ने गरेको उनले बताईन् । रितिकालाई अव एक व्यवस्थित कुकुर पालन गर्ने मन छ । ‘अहिले म संग प्रसस्त ठाउँ छैन्’, उनले भनिन् । ‘फराकीलो ठाउँ भएमा व्यवस्थित ढंगले कुकुरको रेखदेख गर्ने ठाउँ खोल्ने मन छ । त्यस्तो ठाउँको खोजिमा छु ।’ अध्ययमा कक्षा १२ पास गरेको रितिका अहिले फेरि १८ महिन भेटनरी अध्ययन गरिरहेका हुन् ।