
काँग्रेस सुदूरपश्चिमको कोषाध्यक्षमा कठायत मनोनित

धनगढी : नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिको कोषाध्यक्षमा उत्तमबहादुर कठायत मनोनित भएका छन्। बिहिबार धनगढीमा बसेको कांग्रेस सुदूरपश्चिमको बैठकले कठायतलाइ कोषाध्यक्ष पदमा मनोनित गरेको हो ।
उनलाइ पार्टीको प्रदेशस्तरीय समितिले उक्त पदमा मनोनित गरेको कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु) ले जानकी दिए । प्रदेश अधिवेशनबाट उनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए ।
