२०७९ सालका सार्वजनिक विदा यी दिनमा

काठमाडौं : सरकारले २०७९ सालमा दिने सार्वजनिक विदा टुंगो लगाएको छ । आगामी वर्षको विदा टुंगो लगाएर गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

सरकारले शनिबार बाहेक पर्व विदा, जात्रा विदा, महिला कर्मचारीलाई मात्रै दिइने विदा, शिक्षण संस्थाको लागि मात्रै हुने विदा, दशैं, तिहारको विदा, दिवस विदा, जन्म जयन्ती विदा लगायतको सार्वजनिक विदा टुंगो लगाएको हो । आगामी वर्षको पात्रो तयार गर्नको लागि सरकारले विदाका दिनहरू टुंगो लगाएको छ ।

जसअनुसार, सरकारले १० प्रकारका पर्व विदा दिने निर्णय गरेको छ । जसअनुसार बैशाख १ गते नयाँ वर्ष, किराँत समुदायका लागि उभौली पर्व, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व आदिमा विदा दिने भएको छ । त्यसैगरी, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै दिइने विदामा गाईजात्रा, गौरा पर्व, मोहम्मद जयन्ती, सिरुवा पावनीको अवसरमा सम्बन्धित पर्व मनाउने समुदायलाई मात्रै विदा दिने भएको छ ।

त्यसैगरी, तीज र जितिया पर्वमा महिलाले मात्रै विदा पाउने छन् । जितिया पर्वमा चाहिँ उक्त पर्व मनाउने महिलाहरुले मात्रै विदा पाउनेछन् ।

त्यसैगरी, बसन्त पञ्चमीमा शिक्षण संस्थाहरुले विदा पाउनेछन् । सरकारले गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको फोटो देखाउने जात्रा र घोडेजात्रामा काठमाडौं उपत्यकामा विदा दिने भएको छ । दशै विदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म हुने भएको छ । तिहारको अवसरमा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म सरकारी कार्यालय बन्द हुने भएका छन् ।

त्यसैगरी, कात्तिक ९ गते म्हपूजा परेको छ भने कात्तिक १० गते भाइटीका परेको छ । सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा विदा दिने भएको छ । त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागूहुने गरी विदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै विदा दिइने भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.