किसान परिचयपत्रको तथ्यांक अभिमुखिकरण कार्यक्रम
कञ्चनपुर, २६ फागुन : कञ्चनपुर कृष्णपुर नगरपालिकामा वर्गिकरण सहितको किसान परिचयपत्र अभ्यासको लागि तथ्यांक संकलकहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।
कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धनको व्यवस्था मिलाउन स्थानीय सरकार संगको सहकार्यमा कृष्णपुर नगरपालिका कंचनपुर भित्रका सबै घरधुरीको तथ्यांक संकलन, ब्यवस्थितीकरण गर्दै किसान पहिचान र वर्गिकरण सहितको परिचयपत्रको अभ्यासको लागि कृष्णपुर नगरपालिका र राष्ट्रिय कृषक समूहमहासंघ, नेपाल बीच फागुन १९ गते संझौता भएको थियो ।
संझौता अन्तर्गत तथ्यांक संकलनका लागि पालिकाले छनौट गरेका ५२ जना तथ्यांक संकलकहरुको अभिमुखिकरण कार्यक्रम शुरुवात भएको छ । अभिमुखिकरणको सहजिकरण राष्ट्रिय कृषक समूह महासंघ नेपाल अध्यक्ष नवराज बस्नेत र कार्यक्रम संयोजक केदार कोइरालाले गरेका थिए । बिहिबार अभिमुखिकरण कार्यक्रम भएको हो ।
नगरपालिकाले नेपालको संविधान २०७२ बमोजिम खाद्य संप्रमुताको हकको संरक्षण गर्दै राज्यले अगिंकार गरेको कृषि नीतिमा उल्लेखित किसानको हकहित संरक्षण सम्बद्र्धन गर्ने छ । कृष्णपुर नगरपालिको नगरसभाले स्थानीय कृषि ऐन, २०७८ पास गरि कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ तर्जुमा गरि किसानको पहिचान, वर्गिकरण गरी त्यसको आधारमा किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने साथै नगरपालिकाबाट उपलब्ध गराईने कृषिसंग सम्बन्धित सेवा सुविधालाई किसान परिचयपत्रको आधारमा ब्यवस्थित तरिकाले प्राथमिकताको आधारमा वितरण गर्न सुरु गरेको छ ।
अभिमुखिकरण पश्चात योजनाबनाई बैशाख सम्ममा किसानको हातमा परिचयपत्र पुर्याई योजना रहेको कृष्णपुर नगरपालिका मेयर कर्ण हमालज्युले बताए । कार्यक्रममा नगरपालिकाको उपमेयर रमिता राना कृषि शाखा प्रमुख लालबहादुर धामी समेतको सहभागिता रहेको थियो ।
कृषि प्रणालीलाई दिगो साथै समतामुलकविकासको अभ्यास गर्नको लागि स्थानीय सरकारसंग मिलिमहासंघले स्थानीय कृषि ऐन साथै किसान परिचयपत्रलाई अभियानको रुपमा अगाडि बढाउँदै आएको कुरा महासंघका सुदूरपश्चिमका अध्यक्ष प्रकाश थापाले बताए ।