Agni Offset Press

मन्त्री प्रेम आलेलाई २१ किलोको माला

Aarati simant

अत्तरिया : धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताका सुरु देखि अन्तिम सम्मका अतिथिहरुलाई माला पहि¥याएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलो माला पहि¥याएर चर्चा पाएको गोल्डकप प्रतियोगितामा शनिबार समापन समारोहमा पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई २१ किलो भारी भएको फूलको माला पहि¥याएको हो । समापन कार्यक्रममा मन्त्री आले प्रमुख अतिथि रहेका थिए । मन्त्री आलेले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाले यो क्षेत्रलाई सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटन मात्र नभएर खेलकुदका माध्ययमबाट चिनाउन आवश्यक रहेका बताए ।
मन्त्री आलेले धनगढी रङ्गशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको जनाउँदै यसका लागि आवश्यक बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देश समेत दिए । प्रतियोगिता सुरु भए देखि सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुलाई हरेक दिन ११ किलोको फूलको माला पहि¥याएको थियो । आयोजकको देशकै सर्वाधिक राशि भएको प्रतियगिता दावी गरिएको छ ।
प्रतियोगिताको नाम विगतमा खप्तड गोल्डकप राखिने गरेको थियो । यस पटक मुख्यमन्त्री खप्तड गोल्डकप प्रतियोगिता राखिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशका मन्त्रीहरूलाई ११ देखि २१ किलो माला पहिर्यारको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको थियो
प्रतियोगिातको उपाधि मनाङ मस्याङ्दी क्लबले जित्यो । फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।
अतिथिहरुलाई पहि¥याएका मालामा प्रयोग गरिएका फूलहरू सबै भारतबाट आयत गरिएका हुन् । भारतमा महँगोमा फूल ल्याएर प्रदेशका मुख्यमन्त्रीहरूलाई २१ किलो माला लगाउनुकै कुनै अर्थ नरहेको स्थानीयको भनाइ छ ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीका अध्यक्ष सुरेश हमाल आर्थिक सहयोग गर्नेहरूलाई स्वागत गर्नका लागि मात्र फूलका माला पहिर्याएको बताए । ‘प्रतियोगिता आयोजना गर्नका लागि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ’, उनले भने ‘कम्तीमा पनि एक करोड ३० लाख रुपैयाँ खर्च हुन्छ । यो बजेट स्थानीय र प्रदेश सरकारले व्यहोरर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
माला पहि¥याउने कुनै स्वार्थ नरहेको उनले दाबी गरे । फूलका माला नेपालको भन्दा भारतमा सस्तो पर्ने भएको हुँदा भारतबाट नै ल्याएको उनले बताए । तर, फूल मालामा कति खर्च भयो ? भन्ने प्रश्नमा भने उनले खुलाउन चाहिनन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गरेको छ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गरे । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.