
नवजीवन सहकारी चुनाव : ९ हजार बढी मतगणनामा बमको अग्रता कायमै

धनगढी,३० फागुन : नवजीवन सहकारी संस्था धनगढीको नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी रहेको छ । सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।
शनिवार रातीबाट मतगणना सुरु भएको थियो । हाल सम्म ९ हजार ४ सय मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए । ९ हजार ४ सय मतगणनामा हालसम्म अध्यक्षका प्रत्यासी देवबहादुर बमको अग्रता कायमै रहेको छ । बमले चार हजार ७२४ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार रतनबहादुर कठायतले तीन् हजार ७५६ मत प्राप्त गरेका छन् ।
