
सुदूरपश्चिममा गठबनधन छैन् : बलायर

डोटी,३० फागुन : नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सुदूरपश्चिममा हालसम्म गठबन्धन नभएको र अबका दिनमा पनि नहुने दाबी गरेका छन् ।
आइतबार नेपाली काँग्रेस डोटीले ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता बलायरले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन सरकार रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेससँग गठबन्धनमा नरहेको स्पष्ट पारे ।
माओवादी र समाजवादीले एका तर्फ गठबन्धन भन्ने अर्का तिर काँग्रेसलाई पेल्ने गरेकाले पनि गठबन्धन नहुने उनले बताए । ‘एकातिर गठबन्धन भन्ने अर्कातर्फ हामीलाई पेल्ने,यो कस्तो गठबन्धन हो,’ उनले भने, ‘त्यसैले अब सुदूरपश्चिममा गठबनधन छैन् । कांग्रेसका हातले रुख चिह्न बाहेक अन्त भोट जाँदै जान्न, यो मेरो ऐलान हो ।’
यस्तै उनले सुदूरपश्चिममा काँग्रेस एक्लै बहुमतले विजयी हुने दावी समेत गरे ।अघिल्लो निर्वाचनमा बढी मत बदर भएका कारण हार बेहोर्नु परेको बताउँदै आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई सुझाव दिए ।
