भीम रावलले एमसीसीका विषयमा दुई जिब्रे कुरा गरे : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले नेता भीम रावलले एमसीसीको विरोध गरेकोमा आपत्ति जनाएका छन्।

नुवाकोटको किस्पाङ गाउँपालिकामा आयोजित कार्यक्रममा उनले रावलको दुई जिब्रे कु्राप्रति आपत्ति जनाएका हुन्। ‘एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूले संसदमा पेश गर्नुभएको हो। त्यसबेलाका अर्थ मन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो। भीम रावल सबैभन्दा बढी एमसीसीको खिलाप गर्नुहुन्छ।

त्यसबेला उहाँ रक्षा मन्त्री हुनुहुन्थ्यो। आफैँले पास गर्ने आफू मन्त्री हुने। एमसीसी खराब थियो भने त्यसबेला किन राजीनामा गर्नुभएन। यसरी दुई जिब्रे कुरा गरेर हुन्छरु,’ उनले भने। उनले आफूले ओलीकै प्रस्तावलाई पास गरेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.