Agni Offset Press

नवजीवन सहकारी संस्थाका नव निर्वाचित पदाधिकारीले लिए शपथ

Aarati simant

धनगढी,१ चैत : धनगढीको नवजीवन सहकारी संस्था लिमिटेडका नव निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । मङ्गलवार एक कार्यक्रमका बिच नव निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण गराएको हो ।

संस्थाका नव निर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर विष्टले शपथ खुवाएका हुन् । सहकारीको २८ औँ चुनावी साधारण सभाबाट अध्यक्षमा देव बहादुर बम, उपाध्यक्षमा चेतराज ओझा विजयी भएका हुन् ।

यसै गरी सदस्यहरूमा इन्दिरा जैशी,उत्तम जोशी ,गोपालराज पाठक,केशवराज मिश्र डा. महेशराज विष्ट,घन बहादुर शाह, उपेन्द्र विष्ट, शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी र विश्वनाथ ओझा विजयी भएका थिए । त्यसै गरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी लेखा सुपरिवेक्षण सदस्यमा गणेश प्रसाद उपाध्याय र लक्ष्मीराज पन्त विजयी भएका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.