बैतडीमा पोखरीमा डुबेर एक युवतीको मृत्यु

बैतडी : बैतडीमा पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ कैनपानीकी अन्दाजी २३ वर्षीया भागरथी चन्दको सिँचाई पोखरीमा डुबेर मृत्यु भएको हो।

शुक्रबार दिउँसो चन्दको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.