
लम्किको मुख्य बजारमा युवकमाथि खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

धनगढी : कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । जिल्लाको लम्किको मुख्य बजारमा ३५ बर्षीया शेरबहादुर थापामाथी खुकुरी प्रहार गरिएको हो ।
सामान्य विवाद हुँदा सोहि ठाउँका २३ वर्षका प्रेम रावलले उनीमाथि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकास जोशीले जानकारी दिए ।
घटना स्थलबाट २ वटा खुकुरी, मोबाइल र लागुऔषध फेला परेको प्रहरी नायब उपरिक्षक जोशीले जानकारी दिए । घटनामा थप संलग्न ब्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
