Agni Offset Press

धनगढीमा विवेकशील साझाले गोपाल हमाललाई सघाउने

Aarati simant

अत्तरिया : विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकमा दिनेश भण्डारी चयन भएका छन । प्रदेश स्तरीय भेलाले भण्डारीलाई संयोजकमा चयन गरेको हो । व्यवसायी गोपाल हलालले विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजकबाट राजीनामा दिएपछि भण्डारीलाई संयोजक नियुक्त गरिएको हो ।

हमालले संयोजकबाट राजीनामा दिएर धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । नव नियुक्त संयोजक भण्डारीले पार्टीले आफूलाई संयोजकको जिम्मेवारी दिएको बताए । उनले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाललाई सघाउने सहमति भएको समेत बताए ।

उनले मेयरमा उम्मेदवारी नदिएपनि उपमेयरमा भने विवेकशील साझाबाट उम्मेदवारी रहने बताए । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृप बहादुर वडसँग पराजित भएका थिए । पराजित भएलगतै हमाल विवेकशील साझा पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश संयोजक चयन भएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.