Agni Offset Press

मुख्यमन्त्रीकप यु–१९महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : कर्णाली प्रदेश विजयी

Aarati simant

कैलाली : कैलालीको धनगढीमा आइतबारबाट मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीप्रदेशले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिमप्रदेशलाई ३४ रनले पराजितगर्दै कर्णालीले विजयी सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धातिर २० ओभरमा ५ विकेट गुमाएर ९३ रन बनायो । ९४ रनको विजयीलक्ष पछ्याएको सुदूरपश्चिमको टिमले १३.४ ओभरमाआफ्ना सबै विकेट गुमाएर ५९ रन मात्रै बनाउनु सक्यो । सुदूरपश्चिमकालागिपवित्राधामीले अविजित १० रन बनाउनु बाहेकअन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन । सुदूरपश्चिमलाई सस्तैमा समेट्न कर्णालीप्रदेशकीएन्जीलाथापाले ३ ओभर बलिङ गर्दै १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिइन । उसकाश्रीमीथारु, दीक्षा पुरी र तिर्सनाविश्वकर्माले समान २\२ तथा विना थापाले १ विकेट लिइन ।
त्यस अघि कर्णाली प्रदेशका लागि किरण कुँवर र तिर्सना विश्वकर्माले ६४ रनको सुरुवाती साझेदारी गर्दै टिमलाई राम्रो स्कोरतर्फ डो¥याए । किरणले व्यक्तिगत २५ र तिर्सनाले १२ रन बनाएर आउट भइन । बलिङ तर्फ सुदूरपश्चिमकालागि सावित्रीधामीले ३ र मनीषाचौधरीले १ विकेट लिइन । खेलको प्लेयर अफदीम्याच कर्णालीकीएन्जीलाथापाभइन ।
नेपालक्रिकेट सङ्घ(क्यान) को आयोजनामाजारी प्रतियोगिताको विजेता टिमले पाँचलाख र दोस्रो हुनेले तीनलाखनगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । प्रतियोगितामा७प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागितारहेको सङ्घकाप्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गतेसम्मचल्ने प्रतियोगिताको प्रवद्र्धक सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् रहेको छ ।
प्रतियोगिताको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिमप्रदेशका सामाजिकविकास मन्त्रीलालबहादुर खड्का र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सङ्घका अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिमप्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.