स्थानीय सरोकारवालासंग युनेस्कोको अन्र्तक्रिया
धनगढी : भुमण्डलीय नागरिक शिक्षा एवम् जलवायु परिवर्तन र प्राकृतिक प्रकोप स्थानीय सरोकारवालाहरुको क्षमता कार्यक्रम धनगढीमा सुरु भएको छ । युनेस्को नेपाल राष्ट्रिय आयोगको आयोजनामा सुरु भएको हो । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।
आईतबार धनगढीमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि युनेस्को नेपालका सहायक महासचिव डा। वावुराम अधिकारी प्रमुख अतिथि रहेका थिए । उनले छलफल तथा अन्र्तक्रिया कार्यक्रमका प्रशिक्षक समेत हुन् । नागरिकहरुको शिक्षा र दिगो विकासको लक्ष्यका बारेमा छलफल भईरहेको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख वैकुण्ठ सुवेदीले समेत आफ्नो धारणा व्यक्त गरेका थिए ।
बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक राधा चौधरीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । अध्यक्ष चौधरीले ५ बर्षमा शिक्षा क्षेत्रमा आफ्नो स्थानीय तहमा विद्यालय भवन देखि शिक्षक नियुक्त सम्म धेरै नै काम गरेको दावी गरिन् । उनले शिक्षाको विकासका लागि २० बर्षीय गुरुयोजना बनाएर अगाडि बढेको बताइन् । अन्र्तक्रिया कार्यक्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र डडेल्धुराका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।