Agni Offset Press

कैलालीकाे गोदावरीमा एमालेबाट ३ जना आकांक्षी

Aarati simant

अत्तरिया : स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यातालिका सार्वजनिक भएसंगै आकांक्षीहरु खुल्न थालेका छन् । मुख्य दलका उम्मेदवारहरु ले आ– आफ्नो निकट रहेका केन्द्रिय नेताहरु संग टिकट को लागि सम्पर्क बढाउन थालेका छन् ।
आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि कैलालीको गोदावरीबाट नेकपा एमालेमा तीन जना आकांक्षी देखिएका छन् । गोदावरीका अहिलेका मेयर हरिसिंह साउँदले पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन् । यस्तै एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले मेयरमा आकांक्षी देखिएका छन् । गोकर्ण एमाले सुदूरपश्चिम इन्चार्ज भट्टका भाइ समेत हुन् ।

त्यसले गर्दा मेयरको उम्मेद्वारीका लागि गोकर्ण भट्टले पाउने धेरैले आकांलन गरेका छन् । एमालले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको टिकटका लागि जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने जनाएको छ । यस्तै गणेश जिमी साउँदले पनि गोदावरीको मेयर मा उम्मेदवारी रहने घोषणा गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.