Agni Offset Press

महिला राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

Aarati simant

धनगढी, ७ चैत : धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६३ रनको अविजित साझेदारी गरिन । सुदूरपश्चिमका लागि मनीषाले व्यक्तिगत ३०, अनु कठायतले २७ र यशोदाले ११ रन बनाइन् । बलिङ तर्फ लुम्बिनीकी शुस्मिता भुसालले १ विकट लिइन ।
त्यस अघि पहिलो इनिङमा लुम्बिनीकी जिज्ञासा थापाले ३२, रन्जु श्रेष्ठले २५, आस्मा पुलामी मगरले १६ र यमुना थारुले अविजित १५ रन बनाइन । बलिङ तर्फ सुदूरपश्चिमकी मनीषा चौधरी, जानकी थापा र स्नेहा महराले समान १÷१ विकेट लिइन । खेलको प्लेयर अफदी म्याच सुदूरपश्चिमकी मनिष घोषित भइन ।
यस्तै दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ६७ रन मात्रै बनाउन सक्यो । ६८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य भेट्टायो । कर्णालीको जितमा तिर्सना विश्वकर्माले अविजित २२ रन बनाइन । उसकीकिरण कुमारी कुँवर १७ रन बनाएर रन आउट हुन पुगिन ।
त्यस अघि बागमतीका लागि हेलिसा गुरुङले अविजित ३४ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ कर्णालीकी एन्जिला थापा र विना थापाले समान २÷२ तथा श्रीमा सिं थारु र तिर्सना विश्वकर्माले समान १÷१ विकेट लिइन । खेलको प्लेयर आफ दीम्याच तिर्सना चुनिइन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.