अत्तरियामा प्रेसर कुकरमा सुन भेटियो

अत्तरिया : कैलालीको अत्तरियामा प्रेसर कुकरमा सुन भेटिएको छ । जिल्लाको गोदावरी नगरपालिकामा नगरपालिका १ बनखेतस्थित नविन साहुको घर अगाडि प्रेसर कुकरमा सुन भेटिएको छ ।

मंगलबार बिहान नवीन साहुको घर अगाडि प्लाष्टिकको थैलो भित्र प्रेसर कुकरमा शंकास्पद रुपमा भेटिएपछि नेपाली सेनाको टोलीले डिस्पोजल गर्न खोज्दा सुन भेटिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । उक्त सुन नविन साहुको रहेको जनाएको छ । मंसिर १४ गते राति अन्दाजी १० तोला सुन र १ लाख नगद चोरी भएको थियो । चोरले मंगलबार बिहान साहुकै घर अगाडि शंकास्पद अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

मंसिर १४ गते राति अन्दाजी १० तोला सुन र १ लाख नगद चोरी भएकोभन्दै ईलाका प्रहरी कार्यालयमा साहुका ससुराले निवेदन दिएकोे प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.