Agni Offset Press

महिला राष्ट्रिय क्रिकेट : गण्डकी र बागमती प्रदेश विजयी

Aarati simant

धनगढी, ८ चैत : कैलालीको धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तरगत मंगलबार भएकादुई खेलमा गण्डकी र बागमतीप्रदेश विजयी भएका छन् । मंगलबार भएको पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एक लाई १५ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर, ५० रनको लक्ष्यलिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट हुनपुग्यो । उसका अञ्जली शाहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अङ्क छुन सकेनन् । बलिङ तर्फ गण्डकीकी कुसुमगोदर र ज्योत्सनिका मरासिनीले ३÷३ तथामनीषाउपाध्याय र निरु घर्तीले २÷२ विकेट लिइन ।
त्यस अघि गण्डकीको ब्याटिङ पनि राम्रो रहन सकेन । उसका पनि कुनै ब्याटरले दोहरो अङ्क छुन सकेनन् । बलिङ तर्फ प्रदेश एककी ज्योतिजनवारले ३ विकेट लिएकीथिइन । खेलको प्लेयर अफदीम्याच कुसुम गोदर भइन ।
मंगलबार नै भएको दोस्रो खेलमाबागमती प्रदेशले लुम्बिनी प्रदेशलाई १८ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागमतीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रनको लक्ष्य प्रस्तुतग¥यो । जवाफी ब्याटिङ थालेको लुम्बिनी १६.४ ओभरमै ८३ रन बनाएर अलआउट हुनपुग्यो । उसकालागि रन्जु श्रेष्ठले २३ र जिज्ञासा थापा तथा शुष्मीता भुसालले १२÷१२ रन बनाइन् । बलिङ तर्फ बागमतीकी सोनी पाख्रिन र लक्ष्मी खड्काले ३÷३ तथा विपीश्ना शाहीले २ र कृष्मा गुरुङ तथा हेलिशा गुरुङले १÷१ विकेट लिइन् ।
त्यस अघि बागमतीकालागि हेलिशा गुरुङले ४ चौकाको मद्दतमा ४८ रनको पारी खेलिन ।

उसकी सलिना सिलवालले ३१ रन बनाइन । बलिङ तर्फ लुम्बिनीकी आश्मा पुलामी मगरले २ र मनीषा राना मगरले १ विकेट लिइन । खेलको प्लेयर अफदीम्याच हेलिशा चुनिइन ।


नेपाल क्रिकेट सङ्घ(क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँचलाख र दोस्रो हुनेले तीन लाख नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्तगर्ने छन् । प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको सङ्घकाप्रदेश अध्यक्ष हरि रेग्मीले बताए । ११ गतेसम्म चल्ने प्रतियोगिताको प्रवर्द्धक सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.