Agni Offset Press

घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने

Aarati simant

धनगढी : चलचित्र छायांकन र सम्पादनका लागि कैलालीको घोडाघोडीमा प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेशमा चलचित्र छायांकन स्थलको विकास प्रवर्द्धन गर्ने उद्देश्यले प्रादेशिक चलचित्र छायांकन स्थल निर्माण गरिने भएको हो ।

मंगलबार छायांकन स्थल निर्माणका लागि चलचित्र विकास बोर्ड र घोडाघोडी नगरपालिकाबीच सम्झौता भएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् ।

सुन्दर सुदूरपश्चिममा नेपाली चलचित्र छायांकनको सिलसिला अत्यन्त कम भइरहेको अवस्थामा छायांकन स्थल निर्माणपछि यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने नगरप्रमुख चौधरीले बताए । नेपाल सरकारले गत आर्थिक वर्षमा सातै प्रदेशमा छायांकन स्थल पहिचान गर्ने कार्यक्रम ल्याएको थियो । गत वर्ष नै कैलालीको घोडाघोडी– २ मा चलचित्र छायांकन स्थल छनोट भएको थियो । नेपालमै पहिलो पटक घोडाघोडीमा छायांकन स्थल निर्माणका लागि सम्झौता भएको चलचित्र विकास बोर्डका सदस्य प्रकाश भट्टराईले बताए ।

नजिकै रहेको चिडिया तलमा छायांकनका लागि पनि विकास गर्ने नीति लिएको उनले जानकारी दिए । मन्त्रालयले जारी गरेको छायांकन स्थल मापदण्ड अनुसार नगरपालिकासँग सम्झौता गरिएको थियो । चलचित्र विकास बोर्डका तर्फबाट हस्ताक्षर गर्न अध्यक्ष दाहाल बोर्ड सदस्य भट्टराई प्राविधिक सन्देश ढकाल घोडाघोडी पुगेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.