Agni Offset Press

सुदूरपश्चिममा माओवादी केन्द्र शून्य अवस्थामा पुगिसक्यो : लेखराज भट्ट

Aarati simant

अत्तरिया : प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य अवस्थामा पुगेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले तत्कालीन नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमालेमा लागेका भट्टले सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य हुने दाबी गरेका हुन् । माओवादी केन्द्र मृत्यु शय्यामा पुगिसकेको छ ‘सुदूरपश्चिममा माओवादी एक्लै चुनाव लड्ने हो भने शून्य हुन्छ,’ उनले भने । काँग्रेस र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय चुनावी गठबन्धन नभए आसन्न निर्वाचनमा माओवादीको अस्तित्व नै नरहने उनको भनाइ छ ।

‘सुदूरपश्चिम प्रदेशकै हकमा पनि माथि टाउकामात्र देखिएका छन् । तलको कार्यकर्ता हामीसँग छ । देशैभरिबाट माओवादीको ठुलो पङ्क्ति एमालेमा आएको छ । हामी सिसिएम नै करिब ४० जना एमालेभित्र छौँ । हामीसँग आउने पङ्क्ति पनि ठूलै छ । अहिले एमालेमा प्रवेश गर्न अभियान नै चलेको छ । उनले भने, आइतबारमात्र सुर्खेतमा माओवादीको ठुलो सङ्ख्या एमालेमा आयो । माओवादीको लगभग जिल्ला नै खाली भयो । सुदूरपश्चिम लगायत देशभर माओवादीबाट एमालेमा आउने क्रम जारी छ । त्यो भनेको हामीलाई हेरेर आउने हो । त्यसैले एमालेको शक्तिमा खासै असर पर्दैन ।

सुदूरपश्चिमका ९ जिल्लामा रहेको माओवादीको ठुलो पङ्क्ति एमालेमा आएको र एमालेबाट माधव नेपाल पक्ष बाहिरिएको कुराले स्थानीय तह निर्वाचनमा कुनै प्रभाव पार्दैन भन्ने मेरो निष्कर्ष र विश्लेषण त्यही हो । म जिल्ला जिल्लामा पनि गएको छु, हेरेको छु । सबैभन्दा बढी नेकपा एकीकृत समाजवादीमा मान्छे गएको सुदूरपश्चिमबाटै हो । तर सुदूरपश्चिममा म लगायतका ठुलो पङ्क्ति एमालेमा आएकाले एमालेबाट नेकपा एकीकृत समाजवादीमा जाँदा खाली रहेको ठाउँमा पूरा गरिदिएको छ । त्यसैले एमालेबाट माधव नेपाल निस्किएको कुराले निर्वाचनमा एमालेलाई केही असर पर्दैन ।

माओवादी र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेलले एमालेलाई कुनै असर पर्दैन । काँग्रेससँगै तालमेल गरियो भने अलि प्रतिस्पर्धा होला । नत्र उनीहरू दुईवटैले तालमेल गरे पनि हामीलाई असर पर्दैन । कैलालीमा ९ हजारभन्दा बढी पार्टी सदस्य एमालेमा आएका छन् । ५÷६ हजार कार्यकर्ता कञ्चनपुरबाट आउनु भएको छ । त्यो ठुलो सङ्ख्या हो । तर प्रतिशतकै हिसाबले रेकर्ड निकालेको छैन । सुदूरपश्चिममा माओवादी एक्लै चुनाव लड्ने हो भने शून्य हुन्छ । काँग्रेस र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय चुनावी गठबन्धन भए माओवादीलाई केही अक्सिजन लिन सजिलो होला । गठबन्धनको अक्सिजन नहुने हो भने अक्सिजनको कमी भएर माओवादीको मृत्यु हुने मैले देख्छु ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.