Agni Offset Press

महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

Aarati simant

धनगढी, ९ चैत : गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्रीकप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमाप्रवेश गरेको छ । आफ्नो समूह चरणको अन्तिम खेलमाबुधवार मधेस प्रदेशलाई २० रनले पराजितगर्दै गण्डकी उपाधिनजिकपुगेको हो ।
फाप्लाक्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय७ रनको योगफलतयार पा¥यो । १ सय ८ रनको विजयीलक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । उसकाएलिशायादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन ।बलिङ तर्फ गण्डकीकी कुसुमगोदरले २ र ज्योत्स्नीका मरासिनीतथाआकृतितिवारीले समान १÷१ विकेट लिइन ।
त्यस अघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा ८ चौकाको मद्दतले ४३ रनको पारी खेलिन । उसकाआङ्पेम्बलुम्बा सेर्पाले १७ रन बनाइन् । बलिङ तर्फ मधेस प्रदेशकीप्रतिमाशाह, सानाप्रविन र विमला मगरले समान २\२ विकेट लिइन । खेलको प्लेयर अफदीम्याच ज्योत्स्नीका मरासिनी चुनिइन ।
बुधवार भएको दोस्रो खेलमा सान्त्वनाजितनिकालेको लुम्बिनीप्रदेशले कर्णालीप्रदेशको फाइनलयात्रामाअङ्कुशलगाइदिएको छ । यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेल अगावै समूहविजेताबनेर कर्णालीप्रदेशलाई फाइनलप्रवेश गर्ने अवसर थियो । तर लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजितभएको कर्णालीले अबबिहीबारको खेल कुर्नुपर्ने भएको छ । टस जितेर ब्याटिङ थालेको कर्णालीले १९.४ ओभरमाआफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो । ७३ रनको विजयीलक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४.३ ओभरमै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीकालागि रन्जु श्रेष्ठले २९ रनको योगदानदिइन । बलिङ तर्फ कर्णालीकीअञ्जलीथापा र तिर्सनाविश्वकर्माले समान २\२ विकेट लिइन ।
त्यस अघि कर्णालीकालागिकिरण कुमारी कुँवरले २१ रन बनाउनु बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकिनन् । बलिङ तर्फ लुम्बिनीलाई सान्त्वनाजितदिलाउनआष्मापुलामीमगरले ४ ओभर बलिङ गर्दै १ मेडनसहित ६ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिइन । उनी खेलको प्लेयर अफदीम्याच घोषित भइन ।
समूह चरणको अन्तिम खेलमाबिहीबार सुदूरपश्चिम र बागमतीप्रतिस्पर्धा गर्नेछन् । १\१ जितमात्रै निकालेकायीदुई टोलीमध्यविजेता टोलीले कर्णालीप्रदेशसँगअङ्क बराबरी गर्नेछन् । उक्त खेल पछि रन रेटका आधारमा गण्डकी प्रदेशसँगउपाधि भिडन्त गर्ने टोलीको टुङ्गो लाग्ने छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.