Agni Offset Press

राष्ट्रिय भलिबल प्रतियोगिता : सुदूरपश्चिम क्वाटरफाइनलमा

Aarati simant

अत्तरिया, ९ चैत : धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन ।
बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै दुबै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । बुधबार दिउसो भएको पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित ग¥यो । २५–१७, २५–२१ २५–९ को सेटले आर्मीसंग प्रदेश नम्बर १ पराजित भएको हो। खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भए ।
बुधबार दिउसो नै भएको क्वाटरफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ । पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच पुलिस क्लबका हिम राना भए । यसअघि बुधबार विहान भएको खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ ।
सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित ग¥यो । पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । आजको खेल हारे पनि बागमती प्रदेश पनि समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ ।
सुदूरपश्चिमले एपीएफ र बागमतीले गण्डकी प्रदेशसंग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.