कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीमा विशु मेला (तस्बीर हेर्नुहोस्)

अत्तरिया, ११ चैत : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको सत्यवती एकेडीमीले विभिन्न सांस्कृतिक कार्यक्रम सहित विविध प्रतिभाहरु प्रस्फूटनहरु प्रदर्शन गरेको छ ।

पढाईका अलवा अतिरिक्त क्रियाकलापका लागि अब्बल मानिएको विद्यालय सत्यतीले शुक्रबार विविध कार्यक्रम गरी मनाएको हो । सत्यवती विसुमेला २०७८ नाम दिएको कार्यक्रममा सुदूरपश्चिमको पहिचा झल्किने गरी कार्यक्रमको आयोजना गरिएको हो ।


विद्यार्थीहरुमा भएका प्रतिभालाई प्रस्फूटन गर्न र विभिन्न परम्परागत कला संस्कृतिका बारेमा विद्यार्थीलाई जानकारी दिनका लागि मेलाको आयोजना गरिएको विद्यालयले जनाएको छ ।


मेलामा विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्पकला प्रदर्शनी, सुदूरपश्चिमका जिल्लाहरुको भौगोलिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचान गर्ने छुट्टा छुटै स्टलहरु राखिएका थिए ।

यस्तै गरी मेलामा काठको चर्खा, पिङ्ग, परम्परागत सामानहरुको संग्रह, परम्परागत पोशाकहरुको संग्रह, सुदूरपश्चिमका परम्परागत खानाहरुको प्रदर्शनी सखिया नाच राना थारु होरी नाच, पञ्चेबाजा, देउडा, भुवानाच लगायतका प्रर्दशनी गरिएको एकेडेमीका संचालक बिरबहादुर कडायतले जानकारी दिए । ‘विद्यार्थीहरुलाई पढाईका साथ–साथै अतिरिक्त क्रियाकलापमा जोड दिनका लागि यस्ता यस प्रकारका क्रियाकलाप हुने गरेका छन्’, उनले भने । ‘यसले गर्दा विद्यार्थी, अभिभावहरुमा हौसला पनि थपिन्छ ।’ मेलामा विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.