
सत्यवती एकेडेमीको १० औं बार्षिकोत्सव : ५ जना सम्मानित

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यबती एकेडेमीले ५ जनालाई सम्मान गरेको छ । आफ्नो १० औं बार्षिकोत्सवको अवसर पारेर समाजका विभिन्न क्षेत्रका ब्यक्तीहरुलाई सम्मान गरेको हो । कोरोना माहामारीको बेला समाजको लागी महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा समाजसेवी भोज साउँद, गणेश जिमी साउँद, दिपक ओझा, जानकी मलासी, कल्पना भट्ट रहेका छन् । उनीहरुलाई शिक्षाबिद डा .हेमराज पन्त र विद्यालयका प्रमुख वीरबहादुर कडायतले संयुक्त रुपमा सम्मान पत्र,माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन ।
२०६९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल १५०० विद्यार्थीहरु अध्यनरत रहेको छन् । विद्यालय हाल १२ कक्षा सम्म पढाई भैरहेको छ ।
विद्यालयमाा सुविधा सम्पन्न साइन्स ल्याब को ब्यबस्था समेत गरिएको छ भने बिज्ञान बिषय को पढाई पनि हुने गरेको छ । बिधालय शुरु गर्दा ११० जना बिद्यार्थी रहेका थिए । अहिले उक्त बिधालयमा बिद्यार्थी को चाप धेरै नै रहेको बिधालय का प्रमुख कडायत ले बताए । बिधालय को गुणस्तरमा शुरु देखि नै ध्यान दिएकाले अभिभावक को बिधालय प्रती को बिश्वास अहिले पनि कायमै रहेको प्रमुख कडायत को भनाई रहेको छ ।
