लम्की–चुहामा साँस्कृतिक संघ तदर्थ समिति गठन
अत्तरिया : नेपाल साँस्कृतिक संघ कैलालीले जिल्ला व्यापी स्थानीय पालिका गठन अभियान सुरु गरेको छ । संघले शनिबार लम्की–चुहा नगरको तदर्थ समिति गठन गरेको छ ।
चन्द्रप्रसाद खनालको सभापतित्वमा १३ सदस्यीय नेपाल साँस्कृतिक संघ लम्की–चुहा नगर तदर्थ समिति चयन गरिएको हो । उपसभापतिमा युवराज बोहरा, सचिवमा उत्तम बुढाथोकी, सह–सचिवमा लोकेश देवल, कोषाध्यक्षमा शिला चौधरी लाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा महेश बुढाथोकी, पुजा बडुवाल, अर्जुन चौधरी, रमा बडुवाल, अपेक्षा कुवँर, स्वस्तिका बुढा र प्रेम बजगाँईलाई चयन गरिएको छ ।
नेपाली काँग्रेस लम्की–चुहा नगर सभापति इन्द्रबहादुर कुवँरको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा काँग्रेसका महासमिति सदस्यहरु भक्त थापा, सुमन सन्ज्याल, रिता मुडभरी, काँग्रेस क्षेत्र २ ख का सभापति तेजप्रताप मल्ल, काँग्रेस कैलाली जिल्ला निबर्तमान सदस्य कृष्णराज पाण्डेय, काँग्रेस लम्की–चुहा नगर सचिव ललित देउवा, नेपाल प्रेस युनियनका लम्की शाखा अध्यक्ष देवानन्द न्यौपाने लगायतका थुप्रै नेतागणको सहभागीता रहेको थियो ।