धनगढीको सेतो पुलमा योगकेन्द्रको उद्घाटन
अत्तरिया, १२ चैत : धनगढीको सेतो पुलमा योगकेन्द्रको उद्घाटन गरेको छ । पतञ्जली योगकेन्द्र सेतोपुल धनगढीको कार्यसमितिले योगकेन्द्र सञ्चालमा ल्याएको हो । केन्द्रको योग गुरु काशीराम भट्ट र धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रम पतञ्जली योगकेन्द्र सेतोपुल धनगढीको कार्यसमितिकी अध्यक्ष सावित्री केसीको अध्यक्षतामा भएको हो ।
हरेक दिन विहान ५ बजे देखि ७ बजे सम्म योगकेन्द्रमा योग गरिने छ । कार्यक्रममा पतञ्जली कैलालीका अध्यक्ष श्याम श्रेष्ठ, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायत विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा योग प्रशिक्षक रामचरण कठरियाले स्वागत गरेका थिए ।
पछिल्लो समय योगमा धेरै आकर्षण भईरहेका छन् । योगमा धेरै फाईदा छ र त अहिले योगको महत्व एवं आकर्षण दिन प्रतिदिन विश्वमै बढ्दै गैरहेको छ । विश्वका चर्चित एवं असाध्यै व्यस्त हुनै पर्ने व्यक्तिहरुले योगलाई थोरै समय भए पनि दैनिकीमा राखेको पाईन्छ ।
आफुलाई स्वनियन्त्रणमा राख्न र कामको बोझलाई कम गर्न एवं तनावबाट मुक्त रहन योग गरिरहेका हुन्छन् । प्रायजसो अहिले के देखिन्छ भने जो व्यक्ति व्यस्त हुन्छन र रहन चाहन्छन उनीहरुले नै योगलाई महत्व दिएको पाईन्छ । केही व्यक्ति भने मानसिक र शारिरिक रुपमा विक्षिपत बनेपछि कसैको सहारा लिएर योग गर्न थालेपछि मात्र योगलाई आफ्नो दैनिकीमा जोडेको देखिन्छ ।