अत्तरिया–धनगढी सडकमा तीब्र गतिले सवारी चलाउँदै हुनुहुन्छ ? कारवाहीमा परिएला
अत्तरिया : अत्तरिया–धनगढी ६ लेन सडकमा ट्राफिक प्रहरीले सवारी साधनको गति नाप्न सुरु गरेको छ । सोमवार पहिलो पटक यो सडकमा लीडर स्पीड गनमार्फत गति मापन थालेको हो ।
६ लेन सडकमा पछिल्ला दिनमा सवारी दुर्घटना बढ्दै गएका छन् । अधिकांस दुर्घटना तीब्र गतिका कारण हुने भएकाले नियन्त्रणका लागि लीडर स्पीड गनले गति मापन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।
‘हालसम्म भएका सवारी दुर्घटनालाई अनुसन्धान गर्दा मुख्य कारण मध्ये चालकको लापरबाही र तीब्र गति पनि कारक हो,’ ट्राफिक प्रहरी निरीक्षक गणेशराज उप्रेतीले भने । उनको कमाण्डमा खटिएको टोलीले तीब्र गतिमा सवारी चलाउने र लेन अनुशासन पालना नगर्ने सवारी साधनका चालकहरुलाई कारवाही गर्न थालेको छ । यस सडकमा पछिल्लो सयम अत्याधिक गतिले गर्दा दुर्घटना बढेका छन् ।