गोदावरी नगर भित्रका सामुदायिक विद्यालयका १४२ जना शिक्षक सम्मानित
अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले सामुदायिक विद्यालयका १४२ जना शिक्षकलाई सम्मान पत्र दिएको छ । उनीहरुलाई नगर शिक्षकको रुपमा सम्मान गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच उनीहरुलाई नगरपालिकाका नगरप्रमुख हरिसिं साउँदले सम्मान गरेका हुन । नगरमा खातामा नगरपालिकाले अब सोझै तलब भुक्तानी गर्ने भएको छ । संघीय सरकारले ८ हजार दिने गरेको छ । । त्यस्तै अब नगरपालिकाले ७ हजार दिनेछ । यस्तै नगरपालिकाले नगरपालिका भित्रका १ सय ८ बाल विकासका शिक्षकलाई पनि प्रति महिना ७ हजार दिने गरेको शिक्षा शाखाका प्रमुख बसन्त कुमार खत्रीले बताए । उनका अनुसार ५ वटा सामुदायिक सिकाइ केन्द्रमा १ जनालाई ७ हजार तलब दिने गरेको छ ।
माध्यमिक विद्यालयका १९ जना कर्मचारीलाई पनी नगरपालिकाले नै तलब दिने गरेको खत्रीको भनाई रहेको छ । स्थानीय सरकार बनेपछि ५४ वटा सामुदायिक विद्यालयमा रहेका कार्यालय सहयोगीलाई पनि नगरपालिकाले तलब दिने गरेको छ ।