कञ्चनपुरमा मर्निङ वाकमा दौडिरहेका पुरुष बँदेलको आक्रमणबाट घाइते

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ६ कसरौलका अन्दाजी ५५ वर्षीय आनन्दसिंह भाटलाई बँदेलले बिहिबार आक्रमण गरी घाइते बनाएको छ। मर्निङ वाकमा कसरौलबाट वनसमितितर्फ सडकमा दौडिरहेका वेला बँदेलले एक्कासी आक्रमण गरी उनलाई घाइते बनाएको हो।

घाइते भाटको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भैरहेको छ। ‘कुकुरले नजिकैको सामुदायिक वन क्षेत्रबाट बँदेललाई लखेटेर ल्याउँदै गरेको थियो,’ स्थानीय प्रत्यक्षदर्शी धनबहादुर चौधरीले भने, ‘सोही वेला सडकमा दौडिरहेका भाटलाई एक्कासी जम्काभेट हुँदा बँदेलले आक्रमण गरी घाइते बनायो।’

बँदेलको आक्रमणबाट भाटको हात र खुट्टामा गहिरो घाउ लागेको छ। भाट नेपाली सेनाबाट सेवानिवृत जवान हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.