Agni Offset Press

स्थानीय तहको निर्वाचन : जिल्लाको निर्णय पर्खिदै ‘गोदावरी काँग्रेस’

Aarati simant

अत्तरिया : स्थानीयतहको निर्वाचन नजिकीदैँ छ । आसन्न बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने छ । दलहरु आ–आफ्नै तरिकाले चुनावी प्रचारमा जुटेका छन् । यस पटकको निर्वाचनमा सत्तारुढ दलहरु चुनावी तालमेल गर्ने काँग्रेस केन्द्रिय कमिटिले निर्णय गरीसकेको छ ।
काँग्रेसले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने जनाएको छ । तर, कसरी अगाडि बढ्ने र कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने भन्ने विषयमा काँग्रेस केन्द्रिय कमिटिको बैठकले पनि निर्णय गर्न सकेको छैन् ।
कतिपय ठाउँमा केन्द्रले जे सुकै गरोस् । तल, आफ्नै तरिकाले बढ्ने भन्ने चर्चा पनि धेरै स्थानीय तहमा चलेको छ ।
धेरै जस्तो नेताहरु आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भन्ने कुरा बोलि रहेका छन् । सुदूरपश्चिम काँग्रेस सभापति विरबहादुर बलायर प्रदेशमा आवश्कताका आधारमा मात्र तालमेल गर्न सकिन्ने भन्दै आएका छन् ।
सुदूरपश्चिममा काँग्रेसीहरु प्रदेश सरकारमा आफुहरुलाई सहभागि नगराएको भन्दै प्रतिपक्ष दलहरुसंग मिलिरहेको वेला स्थानीय तहको चुनावी तालमेल हुने÷नहुने अन्योलता रहेका छ ।
सुदूरपश्चिमको स्थायी राजधानी भएको जिल्ला कैलालीका विभिन्न स्थानीय तहमा चुनावी तालमेल के गर्ने विषयमा केहि दिन अगाडि काँग्रेस लगायतका दलहरुको बैठक बसेको थियो । त्यो बैठकले तालमेल गरेर नै जाने विषयमा छलफल भएको थियो ।
‘केन्द्रमा तालमेल गरेर जाने निर्णय भएपछि जिल्लामा पनि के गर्ने विषयमा एक चरणमा गठबन्धन दलहरुसंग छलफल भएको छ’, काँग्रेस कैलालीका सचिव केशव मीश्रले भने । ‘बाँकी कैलालीकै १३ वटै स्थानीयतहमा के कसरी अगाडि बढ्ने विषयमा यहि चैत २२ गतेपछि मात्र थाह हुने छ ।’
यस्तै प्रदेशको राजधानी भएको स्थानीयतह गोदावरी नगरपालिकामा पनि दलहरुबीच चुनावी तालमेल हुने÷नहुने चर्चा चौतर्फि रहेको छ । स्थानीय नेताहरुका आ–आफ्नै धारणहरु सार्वजनिक भईरहेका छन् । गोदावरीमा काँग्रेस बलियो मानिन्छ । यद्यपी २०७४ को निर्वाचनमा गोदावरीमा एमाले निर्वाचित भएको हो । काँग्रेसको अनुसार त्यति वेला प्राविधिक कारणले त्यतिवेला पार्टीले पराजय भोग्न परेको हो । यस पाली गोदावरीमा जसरी पनि काँग्रेस जित्ने दाउमा रहेको छ । यद्यपी मेयरको टिकट कसले पाउने त्यो निर्णय हुन सकेको छैन् ।
गोदावरीका काँग्रेसका अधिकांस नेताहरु गठबन्धन गर्न नहुने पक्षमा रहेका बुझिएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति बसन्त रोकाया ‘ललित’ ले गोदावरीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कुनै पनि निर्णय नभएको बताए । ‘छलफलमा छौँ । जिल्ला, केन्द्रमा के निर्णय हुन्छ’, उनले भने । ‘त्यसै अनुसार गोदावरीमा पनि निर्णय हुनेछ ।’
कांग्रेस नेता उत्तम कठायतले कांग्रेस बलियो रहेको वडामा गठबन्धन नहुने जिकिर गरेका छन् । ‘गठबन्धन प्रतिको बुझाई नै अलि फरक देखियो । पार्टीले गठबन्धन गर्ने भनेको काँग्रेस बलियो भएको ठाउँमा छोड्ने भनेको होइन,’ उनले भने,’ गठबन्धनका अरु दलहरु बलियो रहेका ठाउँमा काँग्रेसले सहयोग गर्ने भन्ने हो ।’
बामगठबन्धन बीच छलफल
अछाम चौरपाटी गाउँपालिकामा कम्युनिस्ट दलहरूबिच तालमेलका लागि तयारी सुरु भएको छ । पालिकामा नेपाली कांग्रेस बलियो देखिएपछि तीन कम्युनिस्ट दलबिच तालमेलका लागि छलफल थालिएको हो ।
बामगठबन्धनका लागि पालिकाका शीर्ष नेताहरू दैनिक जसो छलफलमा जुटेका छन् । तर अहिले सम्म निष्कर्षमा भने पुग्न सकेका छैनन् । केन्द्रमा सत्तारुढ दलबिच चुनावी गठबन्धन गर्ने बहस चलिरहेको बेला उक्त गाउँपालिकामा भने प्रमुख प्रतिपक्ष दल एमालेसँग तालमेल गर्न एकीकृत समाजवादी र माओवादीले छलफल थालेका हुन् । ‘केही दिनदेखि बाम गठबन्धन गर्ने विषयमा गहन छलफल थालेका छौँ,’ एक नेताले भने,’ अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । केही दिनमा नै टुङ्गो लाग्छ ।’ गाउँपालिकामा बलियो देखिएको काँग्रेसलाई चुनाव जित्न नदिन कार्यकर्ताबाट दबाब आउन थालेपछि नेताहरू छलफलमा जुटेका छन् । जसरी पनि पालिकामा कम्युनिस्टले चुनाव जित्नु पर्ने भन्दै कार्यकर्ताको स्थानीय नेतामाथि ठूलो जनदबाब छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.