अत्तरिया : सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० घोषणा गरे संगै उम्मेदवारी दिने क्रम बढेको छ । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकामा पनि मेयर पदका आकांक्षीहरु बढ्दो छ । स्थानीय तहको निर्वाचनका लागी गुरास एकेडेमीका अध्यक्ष डम्मर कडायतले मेयर पदमा आकांक्षी भएको बताएका छन् ।
२०५१ साल देखि विद्यार्थी राजनिती बाट राजनिती शुरु गरेका कडायतले गोदावरी नगरपालिका लाई देशकै सम्वृद्धि तथा उत्कृष्ट नगरपालिका बनाउँन आफेनो उम्मेदवारी रहेको बताएका छन् । उनले हाल सम्म नेपाली कांग्रेस प्रजातान्त्रिक त्रिचन्द्र क्याम्पसको सचिव, सिद्धनाथ विज्ञान क्याम्पसको नेविसंघ को सह सचिव तथा विभिन्न बैकहरुमा विभिन्न पदहरुमा रहेर काम गरेको अनुभव छ ।
गरिव तथा किसान परिवारमा जन्मिएका कडायतले राजनीति लाई कुनै पेशाका रुपमा नभई समाज सेवाका रुपमा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहने उनले बताएका छन् ।
सम्बन्धित पाेस्टहरु