
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वडले फेरि पनि नगरप्रमुख मेयर को पदका लागि पार्टीले टिकट दिने कुरा पक्का भइसकेको बताएका छन् ।
नेपाल दलित मानव अधिकार एकता मञ्च नेपालको नगर सभा तथा स्वागत कार्यक्रममा उनले नगर प्रमुखको पदका लागि नेपाली काँग्रेसले आफुलाई टिकट दिने कुरामा पक्का भइसकेको बताएका हुन् ।
‘सेवकका रुपमा अहिले सम्म काम गरिरहेको छु । र अझै पनि पार्टीले टिकट दिने कुरा लगभग कन्फर्म भइसकेको छ,’उनले भने, ‘मैले केही पनि गर्न नसकेनि म तपाईँहरूको भाइ हो दाइ हो छोरा हो र तपाईँहरूको घरको मान्छे हो । त्यसैले फेरि पनि मलाई विश्वास गरिदिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।अबको चुनावमा यहाँहरूको आर्शीबाद, सदभाव र सहयोगको अपेक्षा गरेको छु ।’ उनले देशका ७५३ स्थानीय तहामध्ये धनगढी उपमहानगरपालिका उत्कृष्ट बनाउन सफल भएको दाबी गरेका छन् । नेपालको सबैभन्दा उत्कृष्ट मेयरभित्र आफू परेको उनको भनाई छ ।
